नेकपा ओली समूहको केन्द्रीय कमिटि १५ सय १ पुग्यो

काठमाण्डौ, २७ पुष । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समुहको केन्द्रीय कमिटी संख्या १५ सय १ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाएको हो ।

मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत् केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ । ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ ।

यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको उल्लेख छ ।यसअघि पुस ६ माअध्यक्षएवम् प्रधानमन्त्री केपीशर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पु¥याएका थिए । पार्टी विभाजनलाई प्रोत्साहन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएसँगै अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि अपानिमाउल्लेख छ । केन्द्रमा जस्तै मातहतका कमिटीको संख्यापनिबिस्तार गर्न निर्देशनदिइएको छ । तर, कसैलाई नहटाउने नीति पनि लिइएको छ ।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया