नेपाली काँग्रेस चुनावबाट नभाग्ने सभापति देउवाको भनाइ

काठमाण्डौ, २६ पुष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस चुनावबाट नभाग्ने प्रष्ट पारेका छन् । आईतवार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली काँग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय विशेषांक विमोचन गर्दै सभापति देउवाले काँग्रेस अदालती निर्णयको प्रतीक्षामा रहेको बताए ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक हो भनेरै पार्टी आन्दोलनमा गएको भन्दै उहाँले अदालतबाट संसद पुनस्र्थापना नभई चुनावमा जाने निर्णय सदर भए काँग्रेस मैदानबाट नभाग्ने पनि प्रष्ट पारे । सभापति देउवाले सबैभन्दा ठूलो त जनताको अदालत भएको र आफूहरु चुनाबबाट नभाग्ने पनि उनले बताए ।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया