अस्पताललाई उपचार सेन्टरका रुपमा विकास गर्नुस : मुख्यमन्त्री पोखरेल

तुलसीपुर, २६ पुस ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अस्पताललाई रिफर सेन्टर भन्दा पनि उपचार सेन्टरका रुपमा विकास गर्न आग्रह गरेका छन् । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सिटी स्क्यान मेसिन र चिकित्सक बस्ने आवासीय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले उपकरण र चिकित्सक हुँदाहुदै पनि उपचारमा आएका बिरामीलाई रिफर गर्ने गरेको गुनासाहरु आउने गरेको बताउदै रिफर गर्ने कार्यललाई रोक्न चिकित्सकलाई आग्रह गरे ।

 ‘ कतिपय सरकारी अस्पतालले प्रयाप्त मात्रामा भएका उपकरणलाई प्रयोग नगर्ने अवस्था छ,’ मुख्यमन्त्री पोखरेलले भने–‘यसलाई न्युनिकरण गर्नुपर्छ । ’

सो अवसरमा तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले राप्ती प्रादेशिक अस्पतालको विकाससंगै लुम्बिनी र कर्णाली क्षेत्रका जनताले सहज रुपमा सेवा पाएको बताउदै आइसीयु सेवा संचालनका लागि तुलसीपुर उपमहागनरपालिकाले भवन निर्माणको काम सुरु गरेको बताए ।

सो अवसरमा अस्पतालका मेसु डा. विनोद सिंङले दुई सय वेडको अस्पतल भएपनि ६ सय वेडको बनाउने उद्देय अनुरुप काम गरिरहेको बताए । उद्घाटन कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतमा भएको थियो ।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया