आयुर्वेद डाक्टर पढ्दै गरेका विद्यार्थी आन्दोलनमा

तुलसीपुर, २४ पुस । आयुर्वेद डाक्टर(BAMS)पढ्दै गरेका विद्यार्थीहरुले नियमित पठनपाठनको माग गर्दै दाङमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । कक्षाकोठामा उपस्थित भई नियमित पठनपाठनमा सहभागी हुनबाट बञ्चित गरेर विद्यार्थीहरुको भविष्य अन्योलमा परेको भन्दै नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुन्डीमा अध्यनरत विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

पुस २६ गने कलेज प्रशासनमा धर्ना, २७ गते कालो झण्डा प्रदर्शन र गते २८ नेपाल संस्कृत विश्वविद्यालय उपकुलपतिको कार्यलय , नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डिनको कार्यलय, नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान प्रशासनमा तालाबन्दी गर्ने कार्यक्रम रहेको आयुर्वेद डाक्टर पढ्न चितवनबाट दाङ आईपुगेका नवौ व्याजका विद्यार्थी आशिक प्रसाद महतोले बताउनुभयो ।
प्रयोगगात्मक रुपमा प्राप्त गर्नुपर्ने ज्ञान र सिप अनलाइन कक्षाबाट पढेर सम्भव नहुने भन्दै केन्द«ीय आयुर्वेद विद्यापीठ,

विद्यार्र्थी संघर्ष समितिका संयोजक अभय प्रताप चौवेले कक्षा कोठामै सहभागी भएर पढ्ने वातावरण मिलाउन प्रशासनलाई आग्रह गरे । ‘हामीहरुले लाश चिर्नुपर्छ । अप्रेसन गर्नुपर्छ । कलेजो, मुटु जस्ता विभिन्न अङ्गहरु ओल्टाई पल्टाई हेरेर त्यसबाट व्यवहारीक ज्ञान लिनुपर्छ,’ संघर्ष समितिका संयोजक चौवेले भने –‘त्यो कुरा अनलाइन कक्षाबाट सम्भव छैन । हामीलाई सैद्धान्तिक ज्ञानले हुँदैन व्यवहारीक ज्ञान चाहिन्छ । किनकी हामी भोली जीवन मरणको दोसाँधमा पुगेकालाई बचाउने कुरा हो ।’

विद्यार्थीले आयुर्वेद डाक्टर पढ्दै गरेको भवनमा कोरोना विशेष अस्पताल संचालनमा आएपछि यस्तो समस्या आइपरेको हो । देशमा कोभिड–१९को प्रकोप देखिएपछि उक्त भवनलाई चैत्र १२ गतेदेखि कोरोणा विशेष अस्पतालका रुपमा प्रयोग गर्ने सर्वदलीय निर्णय भएको थियो । आन्दोलनरत विदार्थी नवौव्याजका प्रथम बर्षका हुन् । आयुर्वेद डाक्टर पढ्न प्रति विद्यार्थीले साढे चार बर्षका लागि १२ लाख रुपैयाँ बुझाएका छन् ।
यता नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन डा. सञ्जय पोखरेलले प्रयोगात्मक पढाई अनिवार्य

भएकाले यसको व्यवस्थापन गर्न आवश्यक रहेको बताए । विगतमा लकडाउनको समयमा बन्द भएकाले भवनलाई उपयोग गर्ने र त्यसको विकल्पमा तुलसीपुर या अन्य कुनै ठाउँबाट पढाई सुरु गर्ने कुरा भएपनि व्यवहारमा लागु नहुँदा अहिले समस्या आईपरेको डा. पोखरेलको भनाई छ ।

विद्यार्थीहरुले एक महिनादेखि पढाई सुरु हुनुपर्ने माग राख्दै आएको बताउँदै डा. पोखरेलले लाश चिर्ने, अङ्ग प्रत्याङ्ग देखाउनेदेखि लिएर ल्याव र प्रयाक्टीकलका सामान हलमै थुनिएकाले विकल्पनका लागि विश्व विद्यायमा पहल गरिहेको बताए ।

माघ ३ गतेबाट पढाई सुरु हुन्छ : कुलसचिव
नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले माघ ३ गतेबाट भौतीक कक्षा कोठामा उपस्थित भएर पढाई संचालन हुने बताएका छन् ।
‘हामीले संचालन गर्नुपर्ने दुई वटा कलास हो । अरुको इकजाम भइरहेको छ । रिजल्ट नआउँदा सम्म पढाई सुरु हुने कुरा भएन ,’ कुलसचिव अधिकारीले भने –‘ बिजौरी या विश्वद्यालयको भवनबाट हामी माघ ३ गतेबाट जसरी भएपनि भौतिक रुपमा पढाई सुरु गछौ ।’

प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार
प्रतिक्रिया