रोकियो शिक्षकको जिल्लान्तर सरुवा

काठमाडौ, २१ पौष । शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ । केन्द्रका निदेशक बसन्त प्रसाद कोइरालाका अनुसार शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकाले अहिलेका लागि जिल्लान्तर सरूवा रोकिएको छ ।

विभिन्न जिल्लाका शिक्षाविकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्नगर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध छ परिपत्रमा उल्लेख छ । कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार पठाएको परिपत्र गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया