काठमाडौं ३० मंसिर । संवैधानिक परिषदको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास सुरू भएकाे बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी छन् ।
परिषद बैठकमा अन्य सदस्य सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भने गएका छैनन् ।
सरकारले अाज नै ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ र ३ जना सहमत भएमा निर्णय पनि गर्न सक्नेछ ।
विभिन्न संवैधानिक निकायमा गरी रिक्त ४५ सदस्य नियुक्तिका लागि परिषद बैठक बसेको हो ।
प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार


















