२०८३ बैशाख १२ गते शनिवार

पार्टी फुट्दैन : राष्ट्रिय सभा सदस्य काेमल ओली

तुलसीपुर, २८ मंसीर । राष्ट्रिय सभा सदस्य कोमल ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपा नफुट्ने दाबी गरेकी छन् । शिर्ष तहका नेताहरु बिच पानी बाराबारको स्थिती भइरहदा ओलीको यस्तो अभिव्यक्ति आएको हो ।

रेडियाे प्रकृतिकाे बिचारमन्थन कार्यक्रममा बाेल्दै  निरन्तरको छलफल र बहसले पार्टीलाई अझै कसीलो र बलियो बनाउने भन्दै पार्टी एकीकरण भए पनि मन एकीकरण नहुँदा बैचारीक बहस भइरहेको सदस्य ओलीको दाबी छ ।

नेताहरु बढो सुझबुझका साथ अघि बढेको बताउदै ओलीले कसैले नेकपा फुट्ने सपना देखेको छ भने त्यो पुरा नहुने दाबी गरिन् । पार्टी भन्दा माथि केपी र प्रचण्ड हुनै नसक्ने ठाेकुवा गर्दै सदस्य ओलीले बहुमतको बलमा भन्दा पनि सहमतिका आधारमा दुबै अध्यक्ष अघि बढ्दा निकास आउने बताईन ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया