तुलसीपुर, २७ मंसीर /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा (प्रभाकर)ले पार्टीभन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै शर्माले नेतृत्व तहले पार्टीको विधि, पद्धतीलाई मान्नै पर्नेमा जोड दिएका छन् ।
नगर प्रमुख घनश्याम पाण्डेले विषय प्रवेश गराएको कार्यक्रमा नेता शर्माले मुहान धमिलिएको भन्दै सङ्लो बनाउन नेतृत्व तहले पार्टीको विचार, पद्धती र विधिलाई मान्नु पर्ने बताए । नेकपा प्रति उठेको प्रश्नको जवाफ दिनैपर्ने बताउदै हाम्रा आचारण, संस्कार र व्यवहार नबदले सम्म पार्टी एकता टुङ्गोमा नपुग्ने बताए ।
पूर्व गृहमन्त्री समेत रहेका शर्माले व्यवस्था नया भएपनि आचरण पुरानै भएकाले जनताको अपेक्षा सरकारले पुरा गर्न नसकेको बताएका छन् । ‘हामीले विकास मात्रातात्मक गरेका छौ ,’ शर्माले भने– ‘गर्ने भनेको गुनात्मक विकास हो ।’
पार्टीका धेरै सपना र योजना भएपनि कतै लागु नभएको उनले गुनासो गरे ।


















