२०८३ बैशाख १२ गते शनिवार

कांग्रेस पार्टीको महाधिवेशन फागुनमा सम्भव छैनः कोईराला

काठमाडौ, २५ मंसीर । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताए । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दाबी विरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट पारे ।

यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उनको भनाई थियो ।मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउने र त्यसमा दावी विरोध हुने भएकाले समय लाग्ने उनको भनाई छ । महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको पनि उनले बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया