काठमाडौ, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ।दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा पार्टीमा देखिएको विवाद र दुई अध्यक्षको प्रतिवेदनका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीकोआजको बैठक दिउँसो १ बजे बोलाइएको जानकारी दिए ।
स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पाटीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै ‘प्रस्ताव’मा छलफल हुने भएको छ।गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्ताव नाम दिएर ‘अभियोग पत्र’ पेस गरेका थिए।
मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका छन् ।अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिका बीच नेकपा सचिवालयले आजका लागि स्थायी कमिटी बैठक तय गरेको हो ।


















