
काठमान्डाै ,१७ मंसीर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाइ तनहुँ प्रहरीले रिहा गरेकाे छ। बुधबार साँझ पौडेल रिहा भएका हुन्।
तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । प्रहरीबाट रिहा भएका पाैडेलले कोणसभामा बोल्दै भाेली बिहान पुल उद्घाटन गरिने जानकारी गराएका छन्। पाैडेलले सरकारले शक्ति दुरूपयोग गरेको समेत अाराेप लगाएका छन ।
पौडेललाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति : २०७७ मङ्सिर १७ गते बुधवार