२०८३ बैशाख १२ गते शनिवार

अध्यक्ष केपीले भने : एकता गर्ने भए प्रचण्डले माफी माग्नुपर्छ

काठमान्डाै,१६ मंसीर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता गर्ने भए प्रचण्डले माफी माग्न पर्ने बताएका छन् । पार्टी एकता गर्ने हो भने निराधार लगाएकाे लाञ्छनापत्र फिर्ता र बुकलेट छापेकोमा पनि माफी माग्नु पर्ने बताएकाे एक नेताले बताए ।  विभिन्न लाञ्छना लगाएर  प्रचण्डले  पार्टी र सरकारकाे वदनाम गरेकाे  भन्दै बहुमत अल्पमत गरेर जान नसिकने समेत बताएकाे ति नेताले बताए ।

ती सदस्यका अनुसार दाहाल बोल्दाबोल्दै ओली आक्रोशित हुँदै बीचमा बोलेका थिए, ‘जे मन लाग्यो त्यही बोल्न पाइन्छ ?’ त्यसपछि अरु नेताहरू पनि ओली र दाहालबीचको भनाभनमा प्रवेश गरेका थिए । केहीबेर बैठकको वातवरण नै तनावपूर्ण बनेको थियो ।

ओलीले दाहाललाई बोल्न रोकेपछि सचिवालयका अन्य सदस्यले प्रतिवाद गरेका थिए । बैठकमा  ईश्वर पोखरेलले एजेण्डाकै विषयमा भनेका थिए, ‘प्रस्तावमाथि छलफल हुनै पाउँदैन भन्ने भएन कम्युनिष्ट पार्टीमा । तर, यसरी प्रस्ताव प्रस्तुत नगरेको भए हुन्थ्यो । अब आरोप(प्रत्यारोप नगरिकन दुवै अध्यक्षहरु प्रस्तुत हुनुपर्छ ।’

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया