उरहरीका बीस विद्यालय एउटै थलोमा जम्मा भएपछि

तुलसीपुर,७ असार ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम तथा पढाई महोत्सव सम्पन्न भएको छ । श्रोतकेन्द्र उरहरीको आयोजनामा भएको कार्यक्रममा सामुदायिक तर्फका २० वटा विद्यालयका विद्यार्थिहरुको सहभागिता रहेको थियो । अमर माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गुरु प्रसाद आचार्यको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत देवमणि चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले बालबालिकामा यस्ता कार्यक्रमहरुले निकै महत्व राख्ने बताउनुभएको थियो । विद्यार्थिले पढेर मात्रै भन्दा पनि देखेर पनि धेरै कुरा सिक्ने उहाले बताउनुभयो । बालबालिकाले विभिन्न स्टलहरु अवलोकन गरेर धेरै कुरा सिकेको उहाको भनाई थियो । कार्यक्रममा ईजिआरपिका जिल्ला कार्यक्रम सँयोजक हल्लु चौधरी,श्रोत केन्द्र मानपुरका श्रोतब्यक्ति मुकुन्द रीजाल,बयालेका श्रोतब्यक्ति कविराज रीजाल,अमर मा.वि.का शिक्षक अभिभावक सँघका अध्यक्ष लिलाधर डाँगी लगायतले बोल्नुभएको थियो ।

उरहरी श्रोतकेन्द्रकि श्रोतब्यक्ति विष्णु कुमारी केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा धन्यवाद मुल समितिका सँयोजक पदम प्रसाद न्यौपानेले गर्नुभएको थियो भने सहजीकरण शिक्षक सन्तोष परीयारले गर्नुभएको थियो ।

कार्यक्रममा पढाई क्षमता अभिबृद्धि गर्नका लागि विज्ञान प्रर्दशनि सँगै विभिन्न विषयका छुट्टाछुट्टै स्टलहरु राखिएको थियो । सो अवसरमा विभिन्न विद्यालयका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७४ असार ७ गते बुधवार
प्रतिक्रिया