२०८३ बैशाख १२ गते शनिवार

नेकपाको सचिवालय बैठक अन्यौलमा, विवाद समाधानका लागि चिनियाँ चासो

काठमाडौ, ३ मंसीर । नेकपा भित्रको विवाद समाधान हुने सम्भावना नदेखिएपछि आज(बुधवार) बस्ने सचिवालय बैठक अन्यौलमा परेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपीशर्मा ओली बैठक सार्ने कसरतमा लाग्नु भएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल पचण्ड बैठक गराउनै पर्ने अडानमा रहेका छन् । सचिवालयमा गत शुक्रबार प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि आज छलफल गर्ने टुंगो भएको थियो । अध्यक्ष ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल मंगलवार अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेका थिए ।

तर, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री उपस्थित नभए पनि आज बैठक बस्ने अडान राखेको उनको सचिवालये जनाएको छ । प्रचण्डले बैठक सार्न नमानेपछि अध्यक्ष ओलीले आफूनिकट शीर्ष नेताहरूसँग बालुवाटारमा छलफलगर्नु भएको थियो । आफूनिकट नेताहरुको बैठकमा पार्टी विवादका विषयमा छलफल भएको र विवाद झन बढ्ने देखिएपछि सचिवालय बैठक सार्नुपर्नेमा कुराकानी भएको नेता सुवासचन्द्र नेम्वाङले बताए ।

नेकपा विवाद दुर्घटनातर्पm उन्मुख भइरहेको वेला राष्ट्रपतिको सक्रियता र चिनियाँ चासो बढेको छ । राजदूत होउ यान्छीले गएराति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेका छन् । बालुवाटारमा राती ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको थियो । १७ वैशाखमा नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमा नेपाल, झलनाथ खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया