२०८३ बैशाख १२ गते शनिवार

नेकपा सचिवालय बैठक सार्ने ओलीको प्रस्ताव प्रचण्ड–नेपाल समूहद्वारा अस्वीकार

काठमाडौ, २ मंसीर । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले भोलि (बुधवार)का लागि पूर्व निर्धारित सचिवालय बैठक केही दिन सार्न गरेको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित असन्तुष्ट नेताहरूले अस्वीकार गरेका छन् । सचिवालयको बैठक केही दिन पर सारेर पार्टीको आन्तरिक विवाद समाधानका लागि शीर्ष तहमा अनौपचारिक छलफल चलाउने ओलीको प्रस्ताव लिएर आज मंगलवार पाटीका महासचिव विष्णु पौडेल अध्यक्ष प्रचण्ड निवास खुमलटारमा पुगेका थिए ।

महासचिव पौडेलसँगको भेटमा अध्यक्ष प्रचण्डले सचिवालय बैठक भोलि नै बस्ने र त्यहीँबाट विवाद समाधानका लागि छलफल गर्नुपर्नेमा जोड दिएको खुमलटार स्रोतले बताएको छ । बहुमत सचिवालय सदस्य भोलि नै सचिवालय बैठक बोलाउनुपर्ने अडानमा देखिएपछि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओली पक्षका नेताहरूको बालुवाटारमा बैठक चलिरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार कसरी अघि बढ्ने भन्ने बारेमा अनौपचारिक छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया