जैविक विविधताको संरक्षण गर्न आवश्यक छ : मुख्यमन्त्री पोखरेल

तुलसीपुर, २ मंसीर/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वनस्पति र जैविक विविधताको संरक्षण गर्न आवश्यक रहेको बताएका छन । पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्र नेपालले प्रकाशन गरेको राप्ती पर्यावरण सन्देश विशेषाङ्ककाे तुलसीपुर १८ हेमन्तपुरमा विमोचन गर्दै उनले विश्वव्यपी रुपमा पर्यावरणमा परिवर्तन आइरहेका बेला विभिन्न प्रजातिका वनसपती र पंक्षीको सुरक्षा गर्नुपर्ने बताए । हावपानी र वातावरणलाई सन्तुलीत राख्ने वनस्पतिको पहिचान गरी त्यसको संरक्षणमा जुटेमा आधुनिक खेतिपातीको उत्पादनमा समेत सहयोग पुग्ने बताए ।

‘प्रकृतिको अध्यन गर्ने कुरा हाम्रो आवश्कताको पहिचान गर्ने कुरा पनि हो । यो आफैमा आइसोलेट हुँदैन,’ मुख्यमन्त्री पोखरेलले भने –‘ स्वभाविक रुपमा मानवीय आवश्यकताका वस्तु उत्पादनका सन्दर्भमा पनि त्यसले सकारात्मक रुपमा प्रभाव पार्छ भन्ने बुझ्नुपर्छ ।’

पश्चिमा जगत जसरी जैविक विविधतको क्षेत्रमा गहिरीएर अनुसन्धामा अघि बढ्न नसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले अहिले नेपाल जिज्ञासाको तहमा मत्रै रहेको बताउनुभयो । मुुख्यमन्त्री पोखरेलले केन्द्रले तयार पारेको राप्ती पर्यावरण सन्देश नामक म्यागजिन, वनस्पति र पंक्षीको अध्ययन अनुसन्धान गर्न सान्दर्भिक सामग्री बन्नेमा विश्वस्त रहेको बताए ।

सो अवसरमा तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरका १८ र १९ नम्बर वडामा भएका वनस्पति र पंक्षीको अध्यन गरेर सार्वजनिक गर्ने काम महत्वपूर्ण भएको बताउनुभयो ।  यसले तुलसीपुर क्षेत्रमा रहेका वनस्पति, जडीवुटी र पर्यटकीय क्षेत्रको विकासकामा ठूलो सहयोग पु¥याउने बताउदै  सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।

विमोचन गरिएको पुस्तकमा तुलसीपुरका १८ र १९ नम्बर वडामा पाइने ११२ प्रजातिका चरा र १५२ प्रजातिका वनस्पतिहरुको विस्तृत रुमपा उल्लेख गरिएको छ । केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सहसचिव गोकर्ण पौडेल, आयोजक संस्थाका उपाध्यक्ष देवराज विश्कर्मा लगाएतले आफ्ना भनाई राखेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया