२०८३ बैशाख १२ गते शनिवार

नेताजीहरु सरकार बदल्न लागिपरेका छन् : मुख्यमन्त्री पोखरेल

तुलसीपुर, ३० कार्तिक / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि नेताहरु सरकार परिवर्तन गर्न लागि परेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा निर्माण गरिएको वुद्धको मूर्तिको अनावरण गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन ।

नौ/नौ महिनामा, दश/दशमहिनामा सरकार परिवर्तन गर्न बानी परेका नेताजीहरु अहिले पनि केही पाउन सकिन्छकी भनेर सरकार परिवर्तन गर्न लागि परेको मुख्यमन्त्री पोखरेलले बताए । लामो राजनीतिक अस्थिरता पछाडि बनेको स्थायी सरकार परिवर्तन गर्दा मुलुक र जनाताई घाटा हुने उनले बताए ।

देशमा चाहिएको परिर्वतन होइन स्थायीत्व हो,’ मुख्यमन्त्री पोखरेलले भने –‘ तर सरकारमा जान नपाएकाहरु आत्तिएका छन् ।’

सरकार बदल्ने कुरा जनता र राष्ट्रको हितमा नभएको बताउँदै यतिबेलाको आवश्यकता राजनीतिक स्थायीत्व र योजना वद्धरुपले विकास र समृद्धिको पहलकमदी गर्ने बेला भएको बताए ।

तीन बर्षमा सरकारले धेरै राम्रा काम  गरेको बताउदै उनले सरकारलाई राम्रो ढंगले आडभरोसा दिनेबेला भएको बताए ।  फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले राप्ती शान्ति उद्यान आर्कशक पर्यटकीय गन्तव्य बन्ने दाबी गरे । त्यसका लागि आकर्षक रुपमा यसको विकास गर्न यहाँका जनताहरु लागि पर्नु पर्ने र प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

विशिष्ट अथिति तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर क्षेत्रको विकास र समृद्धिका लागि फड्को मारेको बताए । समृद्ध तुलसीपुर र सधैका लागि तुलसीपुरको उद्देश्य पुरा गर्न यस क्षेत्रका पर्यटकीय क्षेत्र, स्वास्थ्य, शिक्षा, सडकको विकास हुन अत्यावश्यक रहेको प्रमुख पाण्डेले बताए ।

१७ फिट अग्लो रहेको वुद्धको मूर्तिको निर्माण कार्यसम्पन्न गर्न तुलसीपुर उपमहागनरपालिका र प्रदेश सरकारले २४ लाख १६ हजार आर्थिक सहयोग गरेका थिए ।  राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका –७ का वडाध्यक्ष टोपबहादुर केसीले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया