एसइईको नतिजा प्रकाशित,नतिजा यसरी हेर्नुहोस

काठमाडौं, असार २ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले रुपान्तरित एसएलसी माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । ग्रेडिङ सिस्टममा सार्वजनिक नतिजाअनुसार रेगुलरतर्फ चार लाख ४५ हजार ५६४ जनाले् दिएका थिए । त्यसमा छात्रतर्फ दुइ लाख २१ हजार ६८२ सहभागि थिए भने छात्रा दुइ लाख २३ हजार ८८२ रहेका थिए । त्यस्तै एक्जयाम्टेडतर्फ १६५७२ परिक्षार्थी सहभागी रहेका थिए । जसमा छात्र ६२१९ छात्रा १० हजार ३५३ रहेका थिए ।
रेगुलरतर्फ जिपएि ३.६५ देखि ४ सम्म ल्याउनेमा १२ हजार दुई सय ८४ छन् । त्यस्तै जिपिए ३.२५ देखि ३.६० ल्याउनमा ४२ हजार ४२७ रहेका छन् । त्यस्तै जिपिए २.८५ देखि ३.२० ल्याउने ५० हजार ६ सय ४६ रहेका छन् । एक्ज्याम्टेडतर्फ कसैले पनि जिपिए ३.६५ देखि ४ सम्म ल्याउन सकेनन । गत चैत ३ देखि १४ गतेसम्म एसईई परीक्षा सम्पन्न भएको थियो ।

नतिजा यसरी हेर्नुहोस

आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३,

फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६,

वान अफ कम्युनिकेशन को सटकोड ३३६२४,

जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१,

इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms  पठाउने ।

यस्तै उज्यालोको sms सेवा see टाइप गरेर  सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ ।

शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np,

शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np,

परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np,

राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np,

आकाश टेक प्रा. ली. www.inheadline.com,

नेपाल टेलीकम www.see.ntc.np,

पि. एण्ड पि मल्टी मिडिया प्रा.ली. www.edukhabar.com,

एनसेल प्रा. ली. www.ncell.axiata.com,

वान अप कम्युनिकेशन प्रा. ली. www.meroshikshya.com,

कान्तिपुर डिजिटल प्रा.ली. www.ekantipur.com,

क्याथ कोडेक्स प्रा. ली. www.educationsansar.com,

डिस्कभरी न्युज नेटवर्क प्रा. ली. www.ratopati.com,

याक पव्लीकेशन www.khullapati.com,

लोकान्तर साप्ताहिक प्रा. ली. www.lokantar.com मा search गरेर website मा पनि हेर्न सकिन्छ ।

प्रकाशित मिति : २०७४ असार २ गते शुक्रवार
प्रतिक्रिया