तुलसीपुर आउदै गरेको बसमा अचानक आगलागी

दाङ, २७ कार्तिक / पोखराबाट तुलसीपुर जाँदै गरेको ना ५ ख ३६६ नम्बरको बसमा अचानक  आगलागी भएको छ । कालाकाटे र धानखोलाको विच क्षेत्रमा बसमा आगलागी भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख भुवन भट्टले बताए । आगलागीका कारण बस पूर्णरुपमा जलेर खरानी भएको छ ।

‘बसको ईञ्जिनमा अचानक धुवा देखीयो । अनी बसमा आगो लाग्न थाल्यो’बसका चालक संगको कुराकानीबाट खुल्न आएको प्रहरी प्रमुख भट्टले भने,‘हामी यहाँ आईपुग्दा सम्म बस जलीसकेको थियो ।

एउटा टायर मात्रै जोगीएको छ ।’ बसमा २३ यात्रु सवार थिए । सबै यात्रु सकुसल छन् । बसमा के कारणले आगो लाग्यो भन्ने बारेमा पुष्टी हुन सकेको छैन् । प्रहरीका अनुसार सटसर्किटका कारण बसमा आगो लागेको हुन सक्ने बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया