शिक्षकमा कोरोना देखापरे पछि बिद्यालय बन्द

शान्तिनगर २७ कार्तिक । पश्चिम दाङको एक बिद्यालयका शिक्षकमा कोरोना पोजेटिभ देखिए पछि बिहीबार देखि अर्को सूचना प्रकासित नभए सम्मका लागि बिद्यालय बन्द गरिएको छ। दाङ्गको शान्तिनगर गाउँ पालिका वडा नम्बर तीन स्थित बि पि कोइराला माध्यमिक बिद्यालय बयाले सिंतराका ३३ बर्सिय शिक्षक श्रीकृष्ण आचार्यमा बुधबार कोरोना पोजेटिभ देखिए पछि विहिवार देखि बिद्यालय बन्द गरिएको जनाइएको छ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीको फिबर क्लिनिकबाट गत मंगलबार स्वाब लिइएको तुलसीपुर फोकल पर्सन बिमल केसिले जनाएका छन। तुलसीपुर वडा नम्बर ६ निवासी आचार्य अहिले होम क्वारेन्टाइनमा बसेका छन।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया