बंगलाचुलीमा कोरोनाको जोखिम बढ्दै गएपछि विद्यालय पुनः बन्द

दाङ, २५ कार्तिक ।बंगलाचुली गाउँपालिका भित्रका विद्यालय अनिश्चिककालाका लागि बन्द हुने भएका छन् । गाउँपालिकाकाले मंगलवार सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम बढ्दै गएकाले प्रत्यक्ष रुपमा संचालन भएको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने जनाएको छ ।
सूचनामा जारी गर्दै अर्को सूचना नआएसम्म सिक्षण सिकाई क्रियाकलाप बन्द हुने र प्रशासनिक काम भने जरी रहने जनाएको छ । दशैं अघि पनि कोरोना जोखिम बढेको भन्दै बंगलाचुली सहित तुलसीपुर, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बबई गाउँपालिकाले केही दिन विद्यालय बन्द गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया