सुर्खेत, २२ कार्तिक । घाेडाबाट लडेर घाइते भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाइ हेलिकप्टरबाट सुर्खेत लगिएको छ ।
कर्णाली प्रदेश सरकारले सुरू गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका – ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएपछि हेलिकप्टरबाट सुर्खेत लगिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए।
सिमकोटबाट गाडीमा गएका मुख्यमन्त्री शाही गाडी नजाने भएपछि आधाबाटोबाट घोडा चढेका थिए । उनी चढेको घोडा तर्सिंदा शाही लडेर घाइते भएका थिए ।
प्रकाशित मिति : २०७७ कार्तिक २२ गते शनिवार


















