बसन्त परियार, तुलसीपुर १ असार ।
आज देखि कक्षा ११ को परीक्षा सुरु भएको छ । जसमा साविक राप्ती बाट एक्काईस हजार बढिले सहभागिता जनाउदै छन । नियमित र आशिंक तर्फ गरी एक्काईस हजार २ सय ७४ जनाले सहभागिता जनाउन लागेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय दाङले जनाएको छ । जस अनुसार नियमित तर्फ १६ हजार ५ सय २५ र आशिंक तर्फ ४ हजार ४ सय ४९ जना परीक्षार्थी रहेको कार्यालय प्रमुख ऋषिराम रीजालले जानकारी दिनुभएको छ ।
राप्तीमा सबैभन्दा बढि परीक्षार्थी दाङमा र कम रोल्पामा रहेका छन । दाङबाट नियमितमा ७ हजार ७ सय ६९ र अाँशिकमा २ हजार ६१ गरी जम्मा ९ हजार ८ सय ३०,रुकुममा नियमित ३ हजार ४ सय ६२ र अाँशिक ८ सय ७२ गरी ४ हजार ३ सय ३४,सल्यानमा २ हजार ५ सय २६ र अाँशिकमा ३ सय ५७ गरी २ हजार ८ सय ८३ जना परीक्षार्थी रहेका छन । यस्तै प्युठानमा १ हजार ५ सय ५५ र अाँशिकमा ५ सय ७७ गरी २ हजार १ सय ३२ र रोल्पामा १ हजार २ सय १३र अाँशिक ५ सय ८२ गरी १ हजार ७ सय ९५ जना रहेका छन ।
सामुदायिक र निजि विद्यालय गरी जम १ सय ५६ वटा विद्यालयका परीक्षार्थीका लागि ५६ वटा केन्द्र तोकीएको छ । जसअन्र्तगत दाङमा २१, सल्यानमा १३, रुकुममा १२, रोल्पा र प्युठानमा ५।५ वटा केन्द्र गरी तोकिएको हो । कार्यालय अन्र्तगत पर्ने सवै जिल्लाहरुमा परीक्षाका लागि आवस्यक सम्पुर्ण सामग्रिहरु पठाईसकेको रीजालले जानकारी दिनुभयो ।
परीक्षा आज विहान ७ बजे देखि १० बजे सम्म सञ्चालन हुने छ । असार १० गते सम्म चल्ने परीक्षाको पहिलो दिन परीक्षार्थिले अनिवार्य अग्रेजि विषयको परीक्षा दिने छन । परीक्षा लाई मर्यादित बनाउन कार्यालयबाट र केन्द्रबाट अनुगमन हुने बताईएको छ । “हामि पनि जान्छौ, माथि बाट पनि अनुगमन हुन्छ ” रीजालले भन्नुभयो । यस्तै परीक्षा लाई मर्यादित बनाउन उहाले सबैमा आग्रह समेत गर्नुभएको छ ।।