२०८३ बैशाख १२ गते शनिवार

सांसद केसीको निधनमा काँग्रेसले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौ, १८ कात्तिक । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले पार्टीको आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःखव्यक्त गर्दै शोक प्रस्ताव पारित गर्नुका साथै अन्य विभिन्न निर्णयहरू गरेको छ ।
पार्टी कार्यालय सानेपामा मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले केसीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

केसीको सम्मानमा मंगलवार देखी विहिवार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने बैठकले निर्णय गरेको छ ।२०१४ जेठ १० गते जन्मिएका उनी २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत काँग्रेसको तर्फबाट प्रनिनिधिसभा सदस्य भएका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया