२०८३ बैशाख १२ गते शनिवार

विप्लव माओवादीले भोली दाङमा पर्चा र पम्प्लेट फाल्ने

तुलसीपुर,१६ कार्तिक / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको आसन्न नेपाल भ्रमण खारेज गर्नुपर्ने, सरकार न्युनतम जिम्मेवारीबाट पछि हटेको, कोरोनाको नाममा भ्रष्टाचारमा डूबेको, विदेशबाट स्वदेश फर्केकाहरुलाई रोजगारीको व्यवस्था नगरेको भन्दै केन्द्रीय कार्यक्रम अनुसार आन्दोलनका कार्यक्रम घोषणा गरेको पार्टीले जनाएको छ ।

जस अन्र्तगत गएराति दाङका विभिन्न ठाउँमा कोनसभा गरेको छ । बिजौरी, तुलसीपुर, घोराही, लगाएतका ठाउँमा कोणसभा गरेको हो ।त्यसैगरी भोली दाङ सहित देशैभर पर्चा, पम्प्लेट फाल्ने, १९ गते भारतीय सेनाध्यक्ष नरवणेलाई कालोझण्डा देखाउने, २० गते विरोध र्याली गर्ने कार्यक्रम रहेको तुलसीपुर उपमहागनरपालिका नगर सक्रेटरी नविनले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया