२०८३ बैशाख १२ गते शनिवार

विप्लव माओवादीको आरोपमा पक्राउ परेका शिक्षक धरौटीमा रिहा

तुलसीपुर, १६ कार्तिक / विप्वल नेतृत्ववको नेपाल कम्युनष्टि पार्टीका सक्रिय कार्यकर्ता भएको आरोपमा पक्राउ परेका एक शिक्षकलाई जिल्ला प्रशासन कार्यालय रोल्पाले १० हजार धरौटीमा रिहा गरेको छ ।

जिल्लाको माडी गाउँपालिका–१ दबाङ घर भएका श्रीकृष्ण आधारभूत विद्यालयका शिक्षक लक्ष्मण खड्कालाई जिल्ला प्रशासन कार्यालय रोल्पाले १० हजार धरौटीमा रिहा गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।

विप्लव माओवादीका गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल विद्याथी संघका पूर्व सचिव समेत रहेका खड्कालाई प्रहरीले असोज २९ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया