नेपाली काग्रेसको राजपुरमा अन्तक्रिया कार्यक्रम सम्पन्न

तुलसीपुर १५ कात्तिक । नेपाली काग्रेस राजपुर गाउँपालिका वडा नम्वर ७ को वडा समितिको आयोजनामा गोठुवामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा समितिका सभापति तथा वडा अध्यक्ष समेत रहेका भिम बहादुर खड्काको अध्यक्षता एवं नेपाली काग्रेस केन्द्रिय कार्यसमितिका सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन भएको हो ।

सो अवसरमा काग्रेस महाधिबेशन प्रतिनिधि तथा दाङ निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जानकीलाल बस्नेत, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, नेपाली काग्रेस क्षेत्र नम्वर १ का क्षेत्रिय सभापति भेसराज पाण्डे, पुर्व क्षेत्रिय सभापति अनुराग यादव,नेबिसंघका पुर्व केन्द्रिय उपाध्यक्ष पवन यादव, स्ववियुका पुर्व सभापति प्रदिप शर्मा, क्षेत्रिय सदस्य कृष्ण बस्नेत,काग्रेस राजपुर गाउँ ईकाई कमिटिका सभापति शरद बुढाथोकी र नेपाल दलित विद्यार्थी संघ दाङका अध्यक्ष कलसिंह विक लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण काग्रेस वडा नम्वर ७ का समितिका सचिव भुव बहादुर बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया