प्रधानमन्त्री ओलीले गरे राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गरेका छन ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओेली र उनकी धर्मपत्नी राधिका शाक्यलाई टीका र जमारा लगाइदिएकी हुन । प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यका साथ शितलनिवास पुगेर टीका ग्रहण गरेका हुन ।

यस्तै राष्ट्रपति भण्डारीले आफ्ना गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर १९ मिनेटको साइतमा राष्ट्रपति कार्यालय, शीतल निवासमा दशैँको टीका र जमराका ग्रहण  गरेकी थिइन ।

प्रकाशित मिति : २०७७ कार्तिक १० गते सोमवार
प्रतिक्रिया