पावरपातको ठाउँमा सेनिटाइजर लैजानुस

तुलसीपुर, ९ कार्तिक । तुलसीपुर उपमहानगरपालिका–१ का वडाध्यक्ष लक्ष्मण भण्डारीले पावरपातको ठाउँमा सेनिटाइजर लगेर आफन्तकोमा जान आग्रह गरेका छन् ।

कोरोना माहामारीबाट बच्नका लागि माइत वा आफन्तकोमा जाँदा अघिपछि जस्तो पावरपात (रोटी, फलफुल) लगेर जानु भन्दा सुरक्षाका लागि सेनिटाइजर लगेर जानुपर्ने बताए ।

डिजिटल पत्रिका तुलसीपुर खबरसंग कुरा गर्दै अध्यक्ष भण्डारीले सकभर चाडपर्व घरमै बसेर मनाउन आग्रह गर्दै यदि जानै परे पनि न्युनतम सुरक्षाका मापदण्डहरु अपनाएमा रोगबाट बच्न सकिने बताए । ‘ बाँचेपछि चाडपर्व अर्को बर्ष पनि मनाउन सकिन्छ ,’ अध्यक्ष भण्डारीले भने –‘ हुलै बानेर यो बर्ष आफन्तकोमा सकभर नजाउँ ।’

प्रकाशित मिति : २०७७ कार्तिक ९ गते आइतवार
प्रतिक्रिया