दाङको देउखुरीमा लुम्बिनी प्रदेशको हिउँदे अधिवेसन बसाउने तयारी

तुलसीपुर, ८ कार्तिक । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी दाङको देउखुरीमा बस्ने भएको छ । बैठक लामटीयामा बस्ने कि के गर्ने भन्ने विषयमा गृहकार्य सुरु भएको लुम्बिनी प्रदेश सांसद बिमला वलीले जानकारी दिइन ।

स्थायी राजधानीको टुंगो लागिसकेकाले प्रदेशसभाको बैठक बसालेर राजधानी आयो है भन्ने कुराको सूनिश्चिता गराउनका लागि तयारी थालेको सांसद वलीको भनाई छ ।

यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ । राप्ती प्राविधिक शिक्षालयको भवनमा तत्कालका लागि प्रदेशसभा बैठक बसाल्न र मन्त्रालयका कार्यालय राख्नका लागि संरचना प्रयाप्त रहेको जनाइएको छ । बैठक तिहार पछि बस्ने छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया