वडाले मुहार फेरेको छ : अध्यक्ष राजु आचार्य

तुलसीपुर, ८ कार्तिक । तुलसीपुर उपमहानगरपालिका–२ का वडाध्यक्ष राजु आचार्यले आफु आएपछि दुई नम्बर वडाले मुहार फेरेको बताएका छन् ।

विकट वडाका रुपमा परिचित वडालाईद विकासको गतिमा अघि बढाएर पहिलाको तुलनामा करिब ७५ प्रतिशतले परिवर्तन ल्याएको अध्यक्ष आचार्यले बताए ।

‘ सिंचाई, सडक, विद्यतु, शिक्षमा वडाले ठूलो लगानि लगाएको छ । जसका कारण आज गाउँ गाउँमा , टोलटोलमा मोटर बाटो पुगेको छ । कुला पक्की भएका छन् , ’ अध्यक्ष अचार्यले भने –‘ त्यतिमात्र हैन दलित जनजाति र पिछडीएका बर्गलाई सिपमुलक तालिम दिएर आयआर्जन मुखी काममा जोड दिएका छौ ।’

जनताले काम गर्न पठाएकाले आफ्नो कार्यकालसम्म निरन्तर रुपमा जनताकै लागि काम गर्ने अधयक्ष आचार्यले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया