महिला सदस्यकाे गुनासाे : दादागिरी शैलीमा हत्याए पाण्डेले कावा अध्यक्ष

तुलसीपुर, ६ कार्तिक / तुलसीपुर उपमहानगरपालिका–१३ का वडा सदस्य विनोद पाण्डेले कानुन विपरित कार्यवाहकको जिम्मेरी आफैले हत्याएको महिला सदस्यले आरोप लगाएकी छन् ।  १३ नम्बर महिला वडा सदस्य कमला केसीले धाकधम्की देखाउँदै दादागिरी शैलीमा आफ्नै अध्यक्षतामा बैठक बसालेर आफैलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको बताईन ।

वडाध्यक्ष डम्बर न्यौपानेको असोज २३ गते निधन भएपछि अध्यक्षको पद रिक्त रहेको छ । कानुनतः अध्यक्षको अनुपस्थितीमा बैठक बस्नु पर्ने भएमा समितिको जेष्ठ सदस्यको अध्यक्षतमा बैठक बस्नु पर्ने प्रावधान छ । वडामा प्रतिनिधित्व गर्ने ४ जना सदस्य मध्य आफु नै सबै भन्दा जेष्ठ सदस्य रहेको केसीले तुलसीपुर खबरलाई जानकारी दिइन् । यो महिला माथिको ठूलो अन्याय भएको बताउदै महिलालाई जे गरेपनि हुन्छ भन्ने मनोवृतिका कारण वडा सदस्य पाण्डेले मनोमानी गरेको केसीको भनाई छ ।

‘हिजो शुद्धशान्ति भएको छ । आजै यस्तो काम नगरौ यसले राम्रो सन्देश जाँदैन आज बैठक मात्रै बसौ । किनकी अब दशैको विदा पनि भयो, भनेर मैले भने–‘ महिला वडा सदस्य केसीले भनिन् –‘माथिबाट दबाब आएको छ । दशै पछि हुँदैन आजै कार्यवाहक अध्यक्ष बनाउनु पर्छ भन्दै डाकाले खान थालेपछि म निस्किए ।’
वडाध्यक्ष स्वर्गीय न्यौपानेले पनि विभिन्न समयमा आफुलाई पनि कार्यवाहक अध्यक्ष दिनेको गरेको केसीले बताईन् । दुवै वडा सदस्य नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सदस्य हुन् ।

के भन्छन् : कार्यवाहक वडाध्यक्ष पाण्डे ?

यता कार्यवाहक वडाध्यक्ष भनिएका विनोद पाण्डेले वैधानीक रुपमा कार्यबाह अध्यक्ष भएको बताएका छन् । ‘स्थानीय शासन संचालन ऐन २०७४ को ११६ मा सहमतिमा नभए बहुमतका आधारमा कार्यवाहकअध्यक्ष हुने व्यवस्था छ ,’ पाण्ण्डेले भने – ‘सोही मुताविक बहुमतका आधारमा अध्यक्ष भएको हुँ ।’ महिला वडा सदस्य केसी पढेलेखेको नभएकाले वडा चलाउन नसक्ने भएकाले पनि आफुले जिम्मेवारी लिएको बताए ।
टाउको दुःखाउनु आवश्यक छैन ; जगत खड्का
यता नेपाली कांग्रेस क्षेत्र नं ३ का संघिय सभापति जगत खड्काले अनावश्यक रुपमा टाउको दुःखाउनु आवश्यक नरहेकाे बताए । स्थानीय शासन संचालन ऐनमा जेष्ठ भन्ने शब्द नभएकाले बहुमतका आधारमा पाण्डे कार्यवाहक अध्यक्ष भएकाले हावादारी कुराकापछि लाग्न उपयुक्त नभएको बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया