२०८३ बैशाख १८ गते शुक्रवार

राम्रीमा एम्बुलेन्स पल्टिदा २ जना घाइते

तुलसीपुर,६ कार्तिक । तुलसीपुरको राम्रीमा एम्बुलेन्स पल्टिँदा चालक सहित २ जना घाइते भएका छन ।

घाइते हुनेमा चालक  तुलसिपुर -१३ दमारगाउँ निबासी ४२ वर्षका ओम बहादुर बिक र बाकेको नेपालगन्ज उपमहानगरपालिका १ धम्बोजी निबासी ३० बर्षका राकेश बस्नेत घाइते भएका छन । घाइते मध्य चालको अबस्था गम्भीर रहेको  छ ।

घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको  छ । बिमारी छोडेर कपुरकोटबाट नेपालगन्ज फर्किदै गरेको भे १ च ११७९ नम्बरको एम्बुलेन्स तुलसीपुर ३ राम्रीमा बिहान ४ बजे पल्टिएको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएको  छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया