जसपामा संघीय परिषद्को अध्यक्षमा डा. भट्टराई

काठमाडौ, ५ कात्तिक । जनता समाजवादी पार्टी नेपालले संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराईलाई बनाउने निर्णय गरेको छ । मंगलवार बसेको जसपाको केन्द्रीयकार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्षबनाउने निर्णय गरेको पार्टीका नेता रामसहाय प्रसादयादवले जानकारी दिए ।

बैठकपछि नेता यादवले केन्द्रिय समितिको घोषणा र संघीय परिषद्को घोषणा भएको जानकारी दिए । कार्यकारिणी समितिका सदस्यहरूको कार्य विभाजन समेत भएको उनले बताएका छन् । केन्द्रिय समितिका सदस्यको संख्या ७०१ लाई बढाएर ८०१ गरिएको छ । संघीय परिषद्को ११ सय १ लाई संशोधन गरेर आवश्यकता अनुसार केन्द्रिय समितिले निर्णय गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया