रानागाउँमा मोटरसाईकल दुर्घटना हुदा भारतिय नागरिक घाईते

तुलसीपुर, २ कात्तिक । तुलसीपुर ३ रानागाउँमा मोटरसाईकल दुर्घटना भारतिय नागरिक घाईते भएका छन् । गएराती रा १ प ३९४१ नम्वरको मोटरसाईकल दुर्घटना हुदा चालक राजकुमार बिश्चिकर्मा घाईते घाईते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । उनको घर भारत भई हाल सल्यान कपुरकोट सडकबाटोमा मजदुरी काम गदै आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया