गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौ, २ कात्तिक । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका र उनीहरुको पनि अवस्था अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको गाडी गए राती दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मादासले जानकारी दिए ।

उनका अनुसार गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको पहिचान खुलेपनि अरुको पहिचान हुन बाँकी छ । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया