दसैपछि सरकारका विरुद्ध आन्दोलन गर्ने काँग्रेसको चेतावनी

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड( १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड( १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् ।

कांग्रेसले गठन गरेको कोभिड( १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैंलगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताएका हुन् ।

कोभिड( १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको देउवाको भनाइ छ ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया