
दाङ, २९ असोज । कोरोना माहामारी बिच विद्यार्थी सिकाई सहजीकरण सन्चालन गरेको राप्ती गाउँपालिकाले आगामी कात्तिक १५ गते सम्म सम्पुर्ण विद्यालय बन्द गर्ने भएको छ ।
कोरोनाको जोखिम बढ्नुको साथै नजिकिदै गरेको चाडपर्वलाई मध्येनजर गदै कात्तिक १ गते देखी १५ गते सम्म सम्पुर्ण बिद्यालयहरुमा विदा दिने शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिएका छन् ।
बैकल्पिक शिक्षा अन्र्तगत गाउँपालिकाले गएको असोज ११ गते देखी बिद्यार्थी सिकाई सहजीकरण मार्फत पठनपाठन सन्चालन गरीरहेको छ । तर गाउँपालिकाको वडा स्तरमै कोरोना संक्रमण फैलिएको अवस्था र नजिकिदै गरेको चाडपर्वको सन्दर्भ भएकाले कोजाग्रत पुर्णिमा सम्म सम्पुर्ण बिद्यालयमा विदा दिने निर्णय भएको शिक्षा शाखा अधिकृत विकले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार