पश्चिम दाङमा बस र एम्बुलेन्स ठोक्किए

तुलसीपुर, २७ असोज/ पश्चिम दाङमा बस र एम्बुलेन्स ठोक्किदा १ महिला घाइते भएको प्रहरीले जानकारी दिएको ।

घाईते हुनेमा कालीमाटी गाउँपालिका–२ निबासी लक्ष्मी केसी रहेको प्रहरी चौंकी हापुरेका प्रहरी नायव निरीक्षक कृष्ण बहादुर खड्काले जानकारी दिए । घाइते केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुरबाट बगालेका लागि छ्टेको ना४ख ९१५९ नम्बरको बस र कालीमाटीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१झ १५६ नम्बरको एम्बुलेन्स बबई गाउँपालिका– कपरेलमा एक आपसमा ठोक्किएको प्रहरीले बताएको छ । बस र एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया