जेसिवीले च्याप्दा मृत्यु भएका ओलीको शव आफन्तीलाई बुझाईयो

दाङ, २७ असोज । जेसीवीले च्याप्दा मृत्यु भएका एक व्यक्तिको शवलाई आफन्तीको जिम्मा लगाईएको छ ।गएको आईतवार रा १ क ११३७ नम्वरको जेसीवी पल्टिदा ।रुकुम पश्चिम मुसिकोट नगरपालिका ९ मुन्किलीका ३७ बर्षिय दिपेन्द्र ओलीको ज्यान गएको थियो ।

सोहि ठाउँमा सडक मर्मत तथा जग्गा खनिरहेको अवस्थामा जेसीवी खस्दा ओली च्यापिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । घटना भएलगतै प्रहरीको टोली घटना स्थलमा पुगेर ओलीको उद्धार गरेर जल्ला अस्पताल सल्ले लगेर पोष्टमार्टम गरी आफन्तीको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया