तुलसीपुरमा अटो पल्टिदा ३ जना घाईते

तुलसीपुर, २६ असाेज / तुलसीपुरमा अटो पल्टिदा ३ जना घाईते भएका छन् ।

घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निबासी ६७ बर्षका देवराज पोख्रेल, सोही ठाउँका ७५ बर्षका रणबहादुर खत्री र तुलसीपुर–६ बनकट्टा निबासी ४० बर्षकी ललसरी खड्का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरापलिका–४ घुसरीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१ह २४९० नम्बरको अटो तिब्र गतिका कारण अनियन्त्रीत भएर पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया