गुडिरहेको विद्युतको गाडीबाट खसेर दाङमा एक महिलाको मृत्यु

तुलसीपुर, २६ असोज । गुडिरहेको विद्युतको गाडीबाट खसेर दाङमा एक महिलाको मृत्यु भएको छ ।

पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार पूर्व पश्चिम राजमार्ग अन्र्तगत आईतवार राती लमही नगरपालिका ९ रिहार नजिकै विद्युत प्राधिकरणको बा १ ञ २२३१ नम्वरको गाडीबाट खसेर बाँके कोहलपुर नगरपालिका १० बस्ने ६६ बर्षिया गोमा सुबेदीको मृत्यु भएको छ ।

गाडीमा सवार सुवेदी एक्कासी खसेर गम्भिर घाईते भएको र उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा सोमवार विहान मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया