
हापुरे, २४ असोज / बबई गाउँपालिकाले भोलि देखि विद्यालय नखोल्ने निर्णय गरेको छ । बबई गाउपालिकामा समुदाय स्तरका केहि मानिसमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय नखोन्ने निर्णय गरेको छ ।
असोज ११ गतेबाट बबई गाउपालिकामा सरकारी तथा निजी विद्यालय सञ्चालनमा आएका थिए । बबई गाउपालिका वडा नं ६ का स्थानीय मा कोरोना देखिए पछि त्यहाको वडा कार्यलय पनि सिल गरिएको छ ।
कोरोना माहामारीको जोखिममा बालबालिकालाई धकेल्न नहुने निर्णय गर्दै विद्यालय नखोल्ने निर्णय गरेको बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए । साथै बबई गाउपालिकामा बैङ कर्मचारिमा पनि कोरोना देखिएको गाउँपालिकाले जनाएको छ । त्यसैले विद्यालय खोलेर विद्यार्थीबाट झन कोरोना फैलिन सक्ने हुदा केहि समय विद्यालय बन्द गर्नु नै उपयुक्त भएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार