बङ्गलादेशमा कोरोना संक्रमितको संख्या झण्डै ४ लाख

ढाका / बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ ।

बङ्गलादेशमा अहिलेसम्म कूल तीन लाख ७७ हजार ७३ जना सङ्क्रमित भएका छन् भने मृत्यु सङ्ख्या पाँच हजार ५०० पुगेको छ । तथ्याङक अनुसार विगत २४ घण्टामा बङ्गलादेशमा १० हजार ८५९ व्यक्तिको कोभिड–१९ परीक्षण भएकोमा एक हजार २०३ जना सङ्क्रमित भेटिएका हुन् ।

इस्लाम बहुल यो मुलुकमा शनिबार कोभिड–१९ सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या एक हजार ४५३ रहेको बताइएको छ । अहिलेसम्म कूल दुई लाख ९१ हजार ३६५ व्यक्ति निको भई घर फर्किएका छन् ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४६ प्रतिशत रहेको छ भने सङ्क्रमणमुक्त भएको सङ्ख्या ७७.२७ प्रतिशत रहेको छ । बङ्गलादेशमा सबैभन्दा बढी जुलाई २ मा चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने सबैभन्दा बढी ६४ जनाको मृत्यु जुन ३० मा भएको थियो ।

 

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया