भमकेखोलामा झोलुङ्गे पुल निर्माणका लागि अनुगमण

तुलसीपुर, २३ असोज / राष्ट्रिय सभासदस्य कोमल वलीले तुलसीपुर उपमहानगरपालिका–१ र ३ नम्बर वडालाई जोड्ने गरेर झोलुङ्गेपुल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । स्थलगत अनुमण गर्दै राष्ट्रिय सभा सदस्य वलीले भमकेखोलाको कालोढुङ्गा नजिकै दुई वडालाई जोड्ने गरि पुल निर्माणका लागि पहल गर्ने बताईन् ।

पुल नहुँदा तुलसीपुर उपमहागनरपालिका–३ स्थित भट्टेका स्थानीय र विद्यार्थीहरु बर्षातको समयमा जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन् । निकै साँगुरो र खहरे खोला भएका कारण जोखिम रहेको तुलसीपुर उपमहानगरपालिका–१ का वडाध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।

आधारभूत शिक्षाका लागि भट्टेबाट सयौं विद्यार्थीहरु र स्थानीयहरु उपचारका लागि सोही खोला तरेर भमके जाने गर्दछन् । राष्ट्रिय सभा सदस्य वली सहित तुलसीपुर उपमहानगरपालिका–१ का वडाध्यक्ष लक्ष्मण भण्डारी, नेकपाका विद्यार्थी नेता बिरबल खड्का लगाएतको टोलीले त्यस क्षेत्रको नुगमण गरेको थियाने ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया