मदिरा नियन्त्रणका लागि बबईमा सचेतना

हापुरे, २१ असोज । बबई गाउपालिकामा मदिरा नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम सुरु भएको छ । गाउपालिकामा रहेको महिला बालबालिका शाखाले कार्यक्रम गर्न सुरु गरेको हो ।

पालिकाभित्र रहेका ७ वटा वडामा पुगेर प्रशिक्षण दिन सुरु गरिएको छ । पहिलो चरणमा वडा नम्बर ४ र ५ मा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

मदिरा सेवनले हिंसाजन्य घटनामा वृद्धि भएको भन्दै त्यसको नियन्त्रणका लागि वडास्तरमा सचेतनामुलक कार्यक्रम सुरु भएको छ । उपाध्यक्ष साबित्रा बिश्वकर्माको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष भुबनेश्वर पौडेल, प्रमुख प्रशासकिय अधिकृत भिष्मकुमार मल्ल, नेकपाका प्रदेश सदस्य भिमबहादुर वलीले बोलेका थिए । ४२ जना सहभागी रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक मोहन बिक्रम केसी र शाखा प्रमुख इश्वरा रावतले प्रशिक्षण दिएका थिए ।

 

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया