प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थानमा राजधानीः मन्त्री शर्मा

दाङ, २१ असोज / अर्घाखाँची शितगंगा गाउँपालिका वडा नम्बर ८ लाहापेका विर बहादुर दर्लामी लुिम्बनी प्रदेशको राजधानी देउखुरी क्षेत्रमा बनाउने निर्णयले फुरुङग हुनुहुन्छ । पायकको हिसावले देउखुरी पर्ने र प्रशासनिक कामकाजको लागि दिनभरी लागेर सदरमुकाम तथा गाउँपालिका जानुपर्ने बाध्यता अहिले पनि उहाँलाई छ । गाउँपालिकाको केन्द्र ठाडा र जिल्ल सदरमुकाम सन्धीखर्क जानुपर्ने बाध्यता अहिले अहिले उहाँले विर्सनु भएको छ । राजधानी हाम्रो ठाउँमै भयो भन्दा खुसी लाग्यो, जिल्लाको राजधानी टाढा भएपनि प्रदेशको राजधानी घरदैलोमा पुग्दा आनन्द लागेको छ, उहाँले भन्नुभयो ।

विरवहादुर जस्तै अर्घाखाँची शितगंगा नगरपालिका लाहापे, सातमारा क्षेत्रका स्थानीयमा खुसीको सिमा छैन । लाहापे क्षेत्रमा राजधानीको लागि आवश्यक पर्ने प्रशस्त जग्गा रहेकाले र प्रदेशबाट पनि अर्घाखाँचीको भू–भाग समेत तोकेर राजधानी निर्णय भनेका कारण प्रदेशका कुनैपनि मन्त्रालय वा विभाग त्यस क्षेत्रमा आउनेमा त्यस क्षेत्रका नागरिक खुसी भएका हुन् ।

प्रदेशले राजधानीको स्थानको बारे निर्णइ गर्दा अर्घाखाँची र दाङको ठूलो भूगोललाई एकिन गरेका कारण पनि धेरैको राजधानी प्रति अपनत्व बढेको पाइन्छ । राप्ती उपत्यकाकाको देउखुरी क्षेत्रलाई बनाउने निर्णयसंगै देउखुरी क्षेत्रमा राजधानीको लागि आवश्यक पूर्वाधार सहित स्थानको चर्चा शुरु भएको छ । प्रदेश संसदबाट अर्घाखाँची, गढवा र राप्ती गाउँपालिका सहितको भूगोल राप्ती उपत्यकाको देउखुरी क्षेत्र राजधानीको लागि निर्णय भएसंगै यसको चर्चा शुरु भएको हो ।

अघाँखाँची जिल्ला शितगंगा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रुकेश आलेले शितगंगा र लाहापे क्षेत्रमा प्रशस्त जग्गा रहेकोले आवश्यक परे आफ्ुुहरु जग्गाको व्यवस्थापन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो,हाम्रो वडालाई पनि समेटनेगरी राजधानी बनाउने निर्णयले खुसी छौ, नदी किनारको क्षेत्र र सामुदायिक वन क्षेत्रको वारेमा छलफल गर्न सकिन्छ ।

दाङको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले तत्कालकै लागि नै भौतिक संरचना पुर्ण रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,राप्ती प्राविधिक शिक्षालयलाई अनेत्र व्यवस्थापन गरी रहेको ३५ वटा भवन लाई प्रयोग गरी गर्दा प्रदेशका सबैजसो कामकाज चलाउन सकिन्छ । अर्घाखाँची र दाङ गरी दुइवटा जिल्लालाई सहितको भूगोललाई तोकर राजधानी बनाउने निर्णयले राजधानी ठ्याक्कै कहाँ नेर हुने एकिन नभएपनि राप्ती उपत्यका क्षेत्रको जुनसुकै क्षेत्रमा पनि राजधानीको लागि प्रशस्त जग्गा रहेको प्रदेश साँसदहरु बताउँछन ।

प्रदेश साँसद इन्द्रजित थारुले राजधानी सार्न नभइ बनाउन लागिएकोले राप्ती उपत्यकाको देउखुरी क्षेत्रको भू उपयोग नीति बनाएर राजधानीको लागि भौतिक संरचना बनाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,राप्ती नदीमा तटबन्धले उकासियो जग्गा राजधानीको लागि बढी प्रभावकारी हुन्छ, गुरुयोजना बनाएर मात्रै संरचना बनाउने काम हुन्छ । अर्घाखाँची, दाङको गढवा र राप्ती गाउँपालिका राप्ती तटीय क्षेत्र भालुवाङ देखि सिसहनियाँ क्षेत्रमा तटबन्धका कारण हजारौ बिगाहा जग्गा उकासिएको छ ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिले दाङको भालुवाङमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत तथा ¥याली सम्पन्न गरेको छ । कार्यक्रममा पुर्वमन्त्री तथा संघीय साँसद रेखा शर्माले संघीयताको मर्म अनुसारको प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थानमा राजधानी गराउने निर्णय भएको बताउनुभयो । दाङ देउखुरी क्षेत्र विकासको दृष्टिकोण ले अलिक पछी परेको अवस्थामा राजधानी घोषणाले नयाँ शहर बस्ने बताउनुभयो । यस्तै कार्यक्रममा संघीय साँसद गंगा थारुले दाङ राजधानी घोषणले दाङ सहित प्रदेशका सबै जिल्लाको भावना समेटेको बताउनुभयो ।

उहाँले आन्त्रिक रुपमा जग्गाको कारोबार बढीरहेकोले यस्लाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै साँसद हिराचन्द्र केसीले लामो समयको प्रतिक्षा पछि दंगालीले राजधानी पाएको भन्दै सवैलाई सन्तुलन मिलाएर लग्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशकी आन्तरिक मामिला तथा कानुन समितिकी सभापती दामा शर्माले राजधानीको लागि दाङका नागरिकको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले आन्तरिक रुपमा हुने जग्गाको कारोबारले भोली राजधानीको शहरलाई कुरुप वनाउने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।

प्रदेश साँसद दिपेन्द्र पुनले सबैको भावना समेटिने गरी आएको प्रदेश राजधानी लाई नेपालकै नमूना राजधानी बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दाङका इन्चार्ज जीवन गौतमले दाङ नेपालकै राजधानीको लागि उपयुक्त रहेको बताउनुभयो । जग्गा खण्डीकरण र आन्त्रिक रुप्मा हुने कारोबार रोक्न र राजधानीको नमूना बनाएर देखाउनु पर्ने बताउनुभयो । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष विरवहादुर राउत विरुले राजधानीको निर्णय उत्साह थपेको बताउनुभयो ।

हरुको सहभागिता रहेको थियो । कार्यक्रममा लमही नगरपालिका प्रमुख कुलवहादुर केसी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी,गढवा गाउँपालिका उपाध्यक्ष शान्ती चौधरी, नागरिक समाज दाङका अध्यक्ष चन्द्रराज पन्त, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगत पोख्रेल लगायतले मनतव्य व्यक्त गर्नुभएको थियो । दाङ प्रादेशिक राजधानी सरोकार समितिका संयोजक तथा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण समितिका सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया