
काठमाडौ, २१ असोज । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ बेतिनीमा ट्रक दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एक जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालकगंगाजमुनागाउँपालिका वडा नम्बर ३ गुम्दीका २७वर्षिय वेगबहादुर तामाङ र ६६ वर्षिय सेरबहादुर तामाङ छन् ।
यस्तै गम्भरि घाईते रामबहादुर तामाङको जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पश्चात हेलिकप्टरबाट काठमाडौं रिफर गरिएको जिल्लाप्रहरी कार्यलय धादिङले जनाएको छ । मंगलबार लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको ट्रक सडकबाट करिव ४ सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्ष दर्शीले बताएका छन् ।
प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार