
दाङको भालुबाङलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गरेपछि दाङको तुलसीपुरमा भव्य रुपमा खुशीयाली मनाइएको छ । तुलसीपुर उद्योगबाणिज्य संघको अगुवाईमा तुलसीपुरमा दिप प्रज्वलन गरेर खुशीयाली मनाइएको हो । दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद हिराचन्द्र केसीले आजको दिन दाङबासीका लागि ऐतिहासीक दिन भएको बताएका छन् ।
“हामिले निर्बाचनमा गरेका बाचाहरु पुरा गरेका छौ अब सबै मिलेर राजधानिलाई ब्यबस्थित गर्न तर्फ लाग्छौ । ’ सांसद केसीले भने । सासाद केसिले मुख्यमन्त्री सहित सबै तह र तप्कालाई जिल्लाबासिको तर्फबाट धन्यबाद समेत ज्ञापन गरे ।
तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष विरु रावतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता वुद्धिरामा भण्डारी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य लगायतले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार