मन्त्रालय र कार्यालय व्यवास्थापन गर्न तयार छौं : नगरप्रमुख पाण्डे

तुलसीपुर । प्रदेशको नाम र राजधानी घोषणामा नेतृत्वले वैज्ञानिक निर्णय गरेको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताएका छन् । राजधानी भालुवाङ्ग र नाम लुम्बिनी राखेकोप्रति खुसी व्यक्त गर्दै उनले सबैलाई न्याय भएको समेत उल्लेख गरेका छन् । ‘नेतृत्व पक्ष निकै जिम्मेवार भएर निर्णय गरेको छ, हामीलाई निकै खुसी लागेको छ ’ नगरप्रमुख पाण्डेले उल्लेख गरेका छन् ।

भौगोलिक दृष्टिले उपयुक्त ठाउँमा राजधानी घोषणा भएको उल्लेख गर्दै प्रादेशिकस्तरका मन्त्रालय र कार्यालयहरुको व्यवस्थापनका लागि तयार रहेको समेत उनको भनाई छ । ‘व्यवस्थापनका हिसाबले प्रदेश सरकारलाई हरेक तवरले सघाउँन हामी तत्पर रहेका छौ’ नगर प्रमुख पाण्डेले उल्लेख गरेका छन् ।

लामो समयपछि दाङ्गले न्याय पाएको वताँउदै नगरप्रमुख पाण्डेले राजधानी वनाउनका लागि सक्रिय सबै नेतृत्वको सम्मान र खुसीयालीका लागि दिपप्रज्ज्वलन गर्न उनले आग्रह गरेका हुन् । ‘देउखुरी राजधानीका रुपमा घोषणा हुनु तुलसीपुरबासीका लागि गौरबको कुरा हो ’ पाण्डेले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार
प्रतिक्रिया